
काठमाडौं । अघिल्लो दिन झण्डै २९ अंकले उकालो लागेको बजार परिसुचक सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने शुन्य दशमलव ८० अंकले ओरालो लागेको छ । बजार दुई हजार ७६ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ११ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ६२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ९३ वटा कम्पनीहरुको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता सेयर किनबेच भएको छ जसबाट कुल कारोबार तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।