
२२ असार, काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नबस्दै स्थगित गरिएको छ। बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।
शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमाले ले प्रतिनिधिसभाको बैठक चल्न नदिने अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।
कमेन्ट गर्नुहोस्







