कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज सपथ लिने, आजै ३ मन्त्री नियुक्त हुने सम्भावना

Share:

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले आज सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।  आज विहान करिब ९ बजे मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थापाले  एमाले नेतृत्वको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा सरकार बनाउन पाएका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताएअनुसार आजै ३ देखि ४ जना मन्त्री पनि नियुक्त हुने छन् । उनका अनुसार कांग्रेसबाट १ जना , नेकपा एकिकृत समाजवादीबाट १ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त हुँदैछन् । कांग्रेसबाट प्रदिप सुनुवारलाई नियुक्त गर्ने तयारी भइरहेको र अन्य दलहरूबाट टुंगो लाग्ने क्रममा रहेको राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्