एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Share:

काठमाडौं । नेपाली कांग्रेसले करिब एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक २७ असारमा बोलाईएको हो ।

बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन् ।

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो । कांग्रेसका एक पदाधिकारीका अनुसार असार २७ देखि केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक करिब एक सातासम्म चल्ने बताइएको छ ।

विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ । कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ ।

कमेन्ट गर्नुहोस्