
काठमाडौं । सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका छन् ।
गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका सहसचिव बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो ।
बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्