
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-३ हाँडीखोलास्थित लामिटारमा अजिंगर फेला परेको छ ।
शनिबार लामिटार सामुदायिक वनमा अजिंगर फेला परेको हो। अजिंगर साढे ३२ किलो रहेको पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले बताएका छन् ।
अजिंगरले हाँडी खोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीय युवाहरूले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइको हेटौडा स्थित बागमती खबर ले जनाएको छ ।
कमेन्ट गर्नुहोस्







