घटेर आयो पेट्रोल र ग्यासको मूल्य

Share:

काठमाडौं । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र ग्यासको मूल्य घटेर र डिजेलको मूल्यभने केही बढेर आएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलको मूल्य भने ७ पैसा र एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ भने डिजेलमा २ रुपैयाँ १६ पैसा, मट्टितेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ ।  उनकाअनुसार एलपीजी ग्यासमा यसअघि १६० रुपैयाँ घाटा थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीले एलपीजी ग्यासमा भने घाटा नहुने भएको छ ।

‘विशेषगरी एलपीजी ग्यास र डिजेलको मूल्य घटबढले नाफा घाटामा ठूलो असर पार्छ,’ एलपीजी ग्यासको मूल्य घटेर आउँदा नाफाघाटा बराबर हुनेछ ।

निगमले यदि हाल कायम गरेको मूल्यलाई स्थिर राखेमा आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरेको छ ।

 

कमेन्ट गर्नुहोस्