
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इंडिया प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पत्नी निकिता संगै इंडियाको मुम्बई प्रस्थान गरेका छन् ।
रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएको बताएतापनी प्रधानमन्त्री प्रस्थान गरेकै दिन नेता लामिछाने पनि इंडिया भ्रमण जानु अर्थपूर्ण रहेको राजनीतिकर्मीहरुले ब्यक्त गरेका छन् |
पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् भने इंडियामा रहदा इन्डियन नेतृत्व संग भेटघाट हुने बारे केहि खुलाईएको छैन।
कमेन्ट गर्नुहोस्







