मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन्।
समारोहमा उनले ठूला हत्याकाण्डका रुपमा परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड जस्गाता हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताए। २०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा पनि खोजिनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताउदै बुधबारबाट हुने भारत भ्रमणका क्रममा बिद्युत बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने तथा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने समेत बताए।







