
पासाङ दावा शेर्पाले किर्तिमान राख्दै हंगेरीका आरोही मार्टन पिटर प्राईसको साथ २६औ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । यो संगै २५ पटक सगरमाथाको सफल आरोहण गर्दै आङरिता शेर्पाको सर्वाधिक सगरमाथा आरोहणको किर्तिमान भंग भएको छ ।
पाङबोचेमा जन्मिएका शेर्पाले सन् १९९८ बाट सगरमाथा आरोहणको शुरुआत गरेका थिए भने सन् २००७, २०१२ तथा २०२२ मा एकै वर्ष दुइ पटक सगरमाथाको शिरमा पाइला टेकेका थिए ।
कमेन्ट गर्नुहोस्







