वित्तीय संकटमा फसेको क्रेडिट सुइस स्विट्जरल्याण्डको यूबीएस किन्न सक्ने

Share:

पछिल्लो समय क्रेडिट सुइस बैंकको सेयरमा भारी गिरावट आएको छ । बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफ्नो वित्तीय खातामा ‘गम्भीर त्रुटि’ भएको थाहा पाएको बताएको थियो ।

स्वीस नेशनल बैंकले क्रेडिट सुइसलाई संकटबाट बाहिर निकाल्नका लागि ५४ अर्ब डलरको आपतकालीन सहयोग गरेको थियो तर त्यसले संकट समाधान गर्न सकेन ।

नियामकहरूले सोमबार बजार खुल्नुअघि खरिद बिक्री सम्झौता पूरा गर्ने प्रयास गरिरहेका छन्। बुधबार बैंकको सेयर २४ प्रतिशतले घटेपछि क्रेडिट सुइसको सेयर अझै ओरालो लाग्ने चिन्ता थियो ।

त्यसबेलादेखि युरोपेली बजारमा बिक्रीको अवधि सुरु भएको थियो र ठूलो वित्तीय संकटको चिन्ता व्यक्त गरिएको थियो।

स्वीट्जरल्याण्ड सरकारले शनिबार राति आपतकालीन बैठक बोलाएको थियो तर अहिलेसम्म सम्झौताको वार्ताका सम्बन्धमा आधिकारिक धारणा आएको छैन ।

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै युबीएसले क्रेडिट सुइस खरिद गरेमा सरकारले नै ६ अर्ब डलरको मूल्य तिर्न सरकारसँग माग गरेको बताएको छ ।

बैंक बिक्री गर्ने सम्झौता भएमा ठूलो परिमाणमा रोजगारी गुम्ने खतरा हुन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यदि दुवै बैंक एकसाथ आउने सम्भावना छ भने १० हजारसम्मको रोजगारी गुम्न सक्छ ।

स्विट्जरल्याण्डको बैंकमा यो संकट यस्तो बेला आएको हो जब अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएका छन् । त्यसयता विश्वभर नै बैंकिङ प्रणालीलाई लिएर चिन्ता बढिरहेको छ ।

सिग्नेचर बैंकले ठूलो नोक्सानको बारेमा कुरा गर्‍यो र भन्यो कि यो रकम जुटाउन गाह्रो हुन सक्छ, जसले विश्वभरका स्टार्टअपहरूलाई असर गर्नेछ।

क्रेडिट सुइस १६७ वर्षअघि सन् १८५६ मा गठन भएको थियो । बैंकले हालैका वर्षहरूमा धेरै घोटालाहरूको सामना गरेको छ । जसमा सम्पत्ति शुद्धीकरणको आरोप पनि छ।

बैंकले सन् २०२१ मा घाटा बेहोरेको थियो । त्यसपछि सन् २०२२ मा ७.९ अर्ब डलरको नोक्सानी बेहोरेको थियो । यो बैंकको लागि सन् २००८ यताकै सबैभन्दा खराब आर्थिक वर्ष थियो । बैंकले सन् २०२४ अघि बैंकले नाफा दर्ता गर्न नसक्ने चेतावनी दिएको छ ।

बैंकले सन् २०२४ सम्म नाफामा जान नसक्ने चिन्ता व्यक्त गरेको छ । यससँगै युबीएसले सन् २०२२ मा ७.६ अर्ब डलर नाफा कमाएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्