नेप्सेमा ६.९० अंकको गिरावट

Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सामानय अंकको गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा पुगेको हो ।

आज कारोबार भएका ७४ कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४७ रुपैयाँ पुगेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७६४.६० रुपैयाँ पुगेको छ । यसका साथै आज  शुभम पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६७.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरि लिमिटेडको भएको छ । यस कम्पनीको आज ६ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्