राम्रा भनिएका लघुवित्तको सेयरमूल्यमै नकारात्मक सर्किट

182
0
Share:

लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्याको दबाब सेयर बजारमा परेको छ । लघुवित्तले विपन्न तथा गरीब नागरीकलाई फन्दामा पारेको भन्दै देशव्यापी प्रदर्शन भएसँगै सो क्षेत्र समस्याउन्मुख भएको हो ।

तर यसको प्रत्यक्ष मारमा भने लघुवित्त समूहमा लगानी गर्ने सेयर लगानीकर्तामा देखिएको छ । बुधबार मात्र नियामक निकाय नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरुलाई कर्जा, लाभांश वितरणलगायतमा कडाइ गर्यो । राष्ट्र बैंकले लघुवित्तहरुका लागि ८ बुँदे निर्देशन जारी गर्यो। त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ ।

महंगा र बलिया भनेर चिनिएका लघुवित्तका सेयर मूल्यमा नै नकारात्मक सर्किट लागेको छ । लघुवित्तहरु नकारात्मक समाचारको प्रभावले यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल खस्किएको छ । यो समाचार पर्दासम्म धितोपत्र बजारमा माइक्रोफाइनान्स इन्डेक्स ७.८४ प्रतिशत अर्थात् ३३८.६७ प्रतिशतले घटेको छ । धितोपत्र दोश्रो बजारमा हात केकका चिनिएको लघुवित्तको सेयरमूल्य एकाएक घट्न थालेको हो ।

राम्रा सेयर मूल्य भएका लघुवित्तको मूल्य नै व्यापक रुपले घटेको छ । सेयर बजारमा नाम कहलिएका महिला र जीवन विकास लघुवित्तको सेयर मूल्यमा नै नकारात्मक सर्किट लागेको छ ।

साधना लघुवित्त, महिला लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो लघुवित्त, आदर्श लघुवित्त, धौलागिरी, सिर्जनशील लघुवित्त, आँधीखोला लघुवित्त, इन्फिनिटी लघुवित्त, जीवन विकास लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा नेगेटिभ सर्किट लागिसकेको छ ।

राष्ट्र बैंकले बधबार लघुवित्तहरुलाई एकीकृत निर्देशन जारी गर्दै अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

लघुवित्त संस्थालाई कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिन निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्