
राष्ट्रपति उम्मेदवारका बिषयमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे केन्द्रिय कार्यालय सानेपामामा बस्न लागेको हो ।
उक्त बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
उम्मेदवारको नाम सार्वजनिक नगरिएको भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत छन् ।
कमेन्ट गर्नुहोस्








