
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर पछि कायम सेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जरमा गएपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट सूचीकृत भएको हो ।
अब सेयर कारोबार भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ । मर्जर पछिको पहिलो कारोबारको लागि नेप्सेले २३६.८५ रुपैयाँ ओपन रेञ्ज दिएको छ ।
यी दुई बैंक १:०.९० अनुपातमा मर्जरमा गएका हुन भने पुस २७ गते देखि एकिकृत कारोबार सुरु गरेका हुन । अब मेगा बैंकका सेयरधनीको हितग्राही खातामा सेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट देखिनेछ । कम्पनीको स्टक सिम्बोल एनआईएमबि रहेको छ ।
कमेन्ट गर्नुहोस्