मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

85
0
Share:

नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले संस्थाको प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।

अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्