सामुदायिक लघुवित्तद्वारा लाभांश घोषणा

163
0
Share:

सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्