ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

361
0
Share:

खाना पकाउने एलपी ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका(१६मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा आज (बिहीबार० बिहान सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ।

विष्फोटमा परी ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई तुलसीपुर-१६ बस्ने २९ वर्षीय आशीष खनाल घाइते भएका छन् ।

बिहानको समयमा खाना पकाउने बेलामा ग्यास लिक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि नेपालगञ्ज लगिएको छ।

कमेन्ट गर्नुहोस्