भोलि काठमाडौंमा सार्वजनिक यातायात नचल्ने

127
0
Share:

यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

आजपनि आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरूले काठमाडौंको बसुन्धारा(बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्