
नेपालले टर्कीका भूकम्प प्रभावितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्रीको पहिलो खेप पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार २२ टन राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो ।
नेपालले पठाएका राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की र सिरियामा नराम्रोसँग प्रभावित भएको छ ।
२५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
कमेन्ट गर्नुहोस्








