सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

84
0
Share:

सांग्रिल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बिहीबार (माघ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँबराबरको बोनस सेयर र ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३।४० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू गरिने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्