
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।
राष्ट्रपतिले शुक्रबार संघीय संसदमा सम्बोधन गरेर फर्कने क्रममा सडकमा आवागमन बन्द गरेका बेला हिंडेको भन्दै प्रहरीले वीर अस्पतालस्थित ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई कुटपिट गरेको थियो ।गुरुङलाई निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । उनीबारे अनुसन्धान भइरको पोखेलले बताए ।
कमेन्ट गर्नुहोस्