बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

243
0
Share:

नेपाली बजारमा (सोमबार) पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्