
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले आगामी १ पुसदेखि छुट्टै महाशाखा स्थापना गर्ने भएको हो ।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लन्ड्रिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको बताएको छ ।
महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा भए/गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । यसअघि गोएमएलमार्फत राष्ट्र बैंकले यस्ता गतिविधिको अध्ययन गर्दै आएको थियो ।
कमेन्ट गर्नुहोस्








