आज विश्वकपमा क्वाटरफाइनलका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै

265
0
Share:

आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन् । कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमा स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ । अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ ।

शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्