गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

283
0
Share:

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको छ । आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थीत बाँस्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायलाई खबर गरिएको थियो ।

त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्कृय पारेएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए । निष्कृय पारेपछि परिक्षण गर्दा शंकास्पद वस्तुमा कुनै बिष्फोटक पदार्थ फेला नपरेको उनले बताए ।

बाँस्कोटाको घर अगाडी शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्