धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ को मृत्यु, ९ जना घाइते

160
0
Share:

काठमाडौं । धनुषामा जन्ती बोकेकोजीप दुर्घटना हुँदा  ५ जनाको मृत्यु भएको छ भने९ जना घाइते भएका छन् ।

दुर्घटना हुँदा तीन महिला, एक पुरुष र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज ८२९३ नम्बरको वंगर जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना भएको थियो ।

घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्