३५ दिनभित्र खोला किनारको बस्ती खाली गराउन उपत्यका विकास प्राधिकरणको आग्रह

141
0
Share:

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र काठमाडौं उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न अनुरोध गरेको छ ।

तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्