एनसीसी बैंकको लाभांश खातामा जम्मा

168
0
Share:

एनसीसी बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंसिर ६ गतेबाट ७.६३ प्रतिशत लाभांश जम्मा गर्न सुरु गरेको हो ।

बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गराउन आग्रह छ ।

बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई ७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कमेन्ट गर्नुहोस्