नेपाल एसबीआई बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने, बोर्डमा दियो निवेदन

184
0
Share:

नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग गर्दै निवेदन लिएको हो । बैंकले ऋणपत्र १० वर्षे अवधिको वार्षिक ९.७५ प्रतिशत ब्याज भएको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बोर्डले अनुमति दिएमा बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ऋणपत्र जारी गर्न गर्नेछ ।

बैंकले जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

कमेन्ट गर्नुहोस्