मेगा बैंकको नगद लाभांशमा राष्ट्र बैंकको कैची !

259
0
Share:

मेगा बैंक नेपालको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित लाभांशमा संशोधन गरेको हो ।

मेगा बैंकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो।

राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित ३.८३ प्रतिशत नगद लाभांशलाई घटाएर ३.७९ प्रतिशत कायम गरेको हो । राष्ट्र बैंकले भने बोनस सेयरमा हेरफेर गरेको छैन ।

अब मेगा बैंकले ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । राष्ट्र बैंकले संशोधन गरी पठाएको लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्