एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

123
0
Share:

एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

बैंकको १३ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता ४७७ रूपैयाँ ७९ कायम हुने गरी सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आइतबारको कारोबार मूल्य ५३० रूपैयाँ ९० आधारमा मूल्य समायोजन भएको हो ।

बैंकले लगानीकर्तालाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६० प्रतिशत नगद सहित १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

एभरेष्ट बैंकले यही मङ्सिर २६ गते २८ औँ वार्षिक साधारणसभा गर्दैछ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ को मुनाफा समेतबाट ७.६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर गरी जम्मा २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

कमेन्ट गर्नुहोस्