लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन

123
0
Share:

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।

राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ।

यसअघिको निर्देशनमा लघुवित्त संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो।

कमेन्ट गर्नुहोस्