
सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न रेमिट्यान्स बचत खाता खोली सीआरएन नम्बर लिन आग्रह गरेको छ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त ग।री विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले सेबोनबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आफ्नो विप्रेषण(रेमिट्यान्स) बचत खाता खोली सि–आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) लिन सीडीएससीले आग्रह गरेको हो ।
सीडीएससीले सी–आस्वा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण(रेमिट्यान्स) बचत खाता तथा सोको लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरिसकिएको पनि सीडीएससीले जानकारी गराएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा संगठित संस्थाद्वारा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था गरेको छ।
बोर्डद्वारा जारी ‘धितोपत्र निष्कासन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९’ गत कात्तिक १७ गतेबाट लागू भइसकेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको सेयरको खरिद आवेदनका दिनका लागि विप्रेषण(रेमिट्यान्स) बचत खाता उल्लेख गरी दर्ता गरिएको सीआरएन नम्बर अनिवार्य रहेको छ।









