
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि जुटेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा तयारीमा जुटेको हो ।
राष्ट्र बैंक अहिले मौद्रिक नीतिको समीक्षाका लागि तथ्यांकहरु अध्ययन गरिरहेको छ । अबको एक साताभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
सामान्यतः मंसिर पहिलो साता समीक्षा सार्वजनिक हुने भए पनि यसपटक आम चुनावका कारण केही पर धकेलिएको छ ।
कमेन्ट गर्नुहोस्








