पश्चिम नवलपरासी- २(१) मा स्वतन्त्र उम्मेदवार विजयी

233
0
Share:

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न २ (१) मा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत उहाँलाई उछिन्दै ७१ मतले विजयी भएका हुन् । ।

कमेन्ट गर्नुहोस्