एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश वितरण

169
0
Share:

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी योजनाले यस वर्षको लाभांश वितरण गरेका छन् । क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र दोस्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डले लाभांश वितरण गरेका हुन । दुबै योजनाले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट एउटै अनुपातमा कर समेत १३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन ।

लाभांश प्रयोजनका लागि दुबै योजनाले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम दुबै योजनाका इकाईधनीहरूको बैंक खातामै मंसिर २ गतेदेखि रकम जम्मा गर्न सुरु गरिएको क्यापिटलको भनाई छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र अद्यावधिक गराउन योजना व्यवस्थापकले अनुरोध गरेको छ । आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने भनाई समेत योजना व्यवस्थापकको छ । एनआईसी एशिया ग्रोथ फण्ड सात वर्षे अवधिको र एनआईसी एशिया ब्यालेन्सड् फण्ड १० वर्षे अवधिको योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्