राष्ट्रिय कर दिवसमा १६ जना व्यवसायी सम्मानित

164
0
Share:

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९   सम्पन्न गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै विभागले स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ कार्यक्रम समापन गरेको हो।

सोहि अवसरमा १६ जना व्यवसायी सम्मानित भएका छन्। सम्मानित हुनेमा नेपाल दूरसञ्चार प्रालिका राजेन्द्र श्रेष्ठ, शिवशक्ति घ्यू प्रालिका सन्दिपकुमार अग्रवाल, राजेश मेटलका राजेश अगवाल, ओसीवी फुडका प्रदिप कुमार रूम्बा, छिमेक लघुवित्त का सिईओ चोलराज आचार्य, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, नेपाल पुनर्बीमाका सिईओ शंकर रायमाझी रहेको छ ।

त्यस्तै, नोबेल कलेजका सञ्चालक भोगेन्द्र, मनकामना दर्शन का राजेश बाबु श्रेष्ठ, शेखर गोल्छा, कुलमान घिसिङ, नेप्सेका सिईओ कृष्णबहादुर कार्की, विजय कुमार शाह, चन्द्र ढकाल, रवि केसी र  सुरेन्द्र सिलवाल सम्मानित भएका छन्।

कमेन्ट गर्नुहोस्