फिफा विश्वकप : इरानमाथि इंग्ल्यान्डको सानदार विजयी

187
0
Share:

इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।यस

जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘बी’ को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

कमेन्ट गर्नुहोस्