चितवन ३ मा कांग्रेसका बागीलाई अग्रता

147
0
Share:

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २९६ मतका साथ अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेले २६५ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा छन् ।उनले २५६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २४६ मत ल्याएकी छन् ।

कमेन्ट गर्नुहोस्