
रुपन्देही–१ मा सुरुवाती मतगणनामा जनमत पार्टीले अग्रता लिएको छ । ३०० मत गन्दा सिके राउत नेतृत्वको जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।
गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।
त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् । एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्








