
दाङ क्षेत्र नम्बर-२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।
२ हजार ७९६ मत गणना हुँदा रेखाले १४५० मतसहित अग्रता लिएकी छिन् भने एमालेका शंकरले ८४६ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं. २ मा ७९ हजार चार सय ४६ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्








