
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फको सुरुवाती मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादु खड्काले ३ सय ५९ मतसहित अग्रता लिएका हुन् ।
खड्कालाई पछ्याउँदै दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
निवर्तमान सांसद रहेका नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले भने २ सय ९२ मत प्राप्त गरेका छन् । २०७४ सालको आमनिर्वाचनमा सुवाल ३३ हजार ७६ मत प्राप्त गरेर विजयी भएका थिए ।
कमेन्ट गर्नुहोस्








