सोलुखुम्बुमा ५० प्रतिशत मात्रै मत खस्यो, आजैराति देखि मतगणना सुरु गर्ने तयारी

171
0
Share:

सोलुखुम्बुमा ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मुख्य निर्वाचनको कार्यालयका साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखतीका अनुसार जिल्लामा करिब ५० प्रतिशत मत खसेको प्रारम्भिक तंथ्याक प्राप्त भएको उनले बताए ।

सबै स्थानीय तहबाट जानकारी नआएकाले स्थानीय तह अनुसार मत विवरण आउन बाँकी रहेको उनले बताए । जिल्लाका सबै मतदान केन्द्रमा विवादरहित मतदान सम्पन्न भएको कालाखतीले जानकारी दिए ।

अहिले मचुल्का उठाउने र मतपेटिका संकलनको काम भइरहेको र आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएकाे उनले बताए ।

कमेन्ट गर्नुहोस्