मोरङमा मतदान सकियो, मतपेटिका संकलनको काम हुँदै

158
0
Share:

मोरङमा मतदान सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल रहेको मोरङमा ६३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । खसेको मत प्रतिशतको अन्तिम विवरण आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्