नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी, एकजना पक्राउ

135
0
Share:

नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेक शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्