ताप्लेजुङको फूलबारीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, मतदान रोकियो

139
0
Share:

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको छ । एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार मतदान रोकिएपछि सहमतिको प्रयास भइरहेको छ । विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो ।

प्रजिअ पोखरेलका अनुसार दिउँसो ३ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको छ ।

कमेन्ट गर्नुहोस्