
दोलखाको बैतेश्वर गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ । प्रहरीका अनुसार बैतेश्वर गाउँपालिकास्थित जनज्योति मावि पुतलिकाठ (ख) मतदान केन्द्रमा गोली चलेको हो ।
मतदान गर्ने क्रममा एक समुह हुलदंगा गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि तनावको स्थिति सिर्जना भएको थियो । । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ भने मतदान प्रक्रिया स्थगित भएको छ ।
साढे ११ बजेदेखि रोकिएको मतदान गराउने विषयमा अहिले छलफल भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्








