सानिमा बैंकको वार्षिक सभा पुस ३ गते हुने, लाभांश पारित गर्ने मुख्य एजेन्डा

167
0
Share:

सानिमा बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सभा आगामी पुस ३ गते आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ । त्यसैले मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्