मन्दाकिनी हाइड्रोपावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

201
0
Share:

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले १ करोड ७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसले २ करोड ९० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा नाफा ६३.१० प्रतिशतले घटेको हो ।

यस अवधिसम्म प्रत्यक्ष आम्दानी ११ करोड ३६ लाख रुपैयाँबाट घटेर ३ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

मन्दाकिनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहको छ । जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ २८ पैसा र नेटवर्थ १०८ रुपैयाँ २० पैसा छ ।

कमेन्ट गर्नुहोस्